काठमाडौं, १ भाद्र । पाकिस्तानमा गोली प्रहारबाट पुर्व सांसद सहित १३ जनाको मृत्यु भएको छ । पाकिस्तान सत्तारुढ दलका बरिष्ठ नेता वाजा कारिम सहित १३ जनाको कराँचीमा हत्या गरिएको हो ।
काठमाडौं, १ भाद्र । यस सिजनको स्पेनिस लिग सुपरकप फुटवलको उपाधि वार्सिलोनाले उचालेको छ । बुधबार राती सम्पन्न खेलमा रियल मेड्रिडलाई ३-२ गोल अन्तरले पराजित गर्दै वार्सिलोनाले उपाधिमाथि कब्जा जमाएको हो ।
धरान । धरानका पुराना पत्रकार एवम् अध्यापक चन्द्रमणि अधिकारीको बुधबार बिहान पौने ६ बजे निधन भएको छ । केही दिनयता विभिन्न समस्याबाट पीडित अधिकारी बिहान प्रभात भ्रमणबाट घर फर्किएपछि अचानक बेहोस भएका थिए ।
काठमाडौं, १ भाद्र । विभिन्न ४१ सुत्रिय माग राखि यातायात र ढुवानी सम्बद्ध व्यवसायीले आव्हान गरेको सार्वजनिक यातायात बन्दका कारण मूलुकभरको जनजीवन प्रभावित भएको छ ।
काठमाडौं, ३२ श्रावण । आन्तरिक विवादमा फसेको नेपाली कांग्रेसले राष्ट्रिय सहमतिको सरकारको नेतृत्वका लागि वरिष्ठ नेता शेरबहादुर देउवालाई प्रधानमन्त्रीको उम्मेद्वार बनाउने औपचारिक निर्णय गरेको छ ।
काठमाडौं, ३२ श्रावण । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले सहमतीको सरकारका लागि शान्ति र संविधानको विश्वसनीय आधार तयार गरे माओवादीलाई समर्थन गर्ने संकेत गरेको छ ।
काठमाडौं, ३२ श्रावण । भारतिय प्रधानमन्त्री डा. मनमोहन सिंहले सामाजिक कार्यकर्ता अन्ना हजारेले लोकतन्त्रबिरोधी कार्य गरेको आरोप लगाउनुभएको छ ।
काठमाडौँ, ३२ श्रावण । थाइल्यान्डको पटायामा हुने फुनाकोसी गिचिन कप १२औँ विश्व कराँते प्रतियोगितामा सहभागी हुनका लागि नेपाली खेलाडीहरु बुधबार त्यसतर्फ प्रस्थान गरेका छन् ।
अर्घाखाँची, ३२ श्रावण । अर्घाखाँचीको कफी अमेरिका जापान, कोरियालगायतका देशमा निर्यात हुन थालेपछि स्थानीय किसान यस खेती तर्फ आकर्षित भएका छन् ।
काठमाडौं, ३२ श्रावण । नेपाल ट्रक ट्र्याक्टर तथा परिवहन व्यवसायी महासङ्घले राजस्व बढाउने नाममा गाडी भित्र्याएर कमिसन खाने खेलमा सरकार लागेको आरोप लगाएको छ ।
- Recent
- Popular
- Comment
संविधानसभाको चुनाव होला ?
-
क्यालिफोर्निया । एप्पलले बजारमा ल्याउने भनेको आइवाच वर्ष २०१३ को सुरुदेखी नै चर्चामा रहेको ग्याजेट हो । एप्पलको आइवाचले गुगलको चश्माले भन्दा धेरै मिडियामा चर्चा र स्थान पाइरहेको छ । यतिखेर एप्पलको मुख्यालय क्यालिफोनिर्यामा एकसय भन्दा बढी इन्जिनियर यसको विकासमा व्यस्त रहेको समाचारहरु आइरहेको समयमा एक अमेरिकी म्यागेजिन म्याकयुजरले एप्पलले दिएको पेटेन्ट निवेदनका आधारमा आइवाचको डिजाइन र यसले कसरी काम गर्छ भन्ने पत्ता लगाएको छ ।
-
जेबी पुन मगर
केही वर्षयता हङकङलाई चियाएर हेरिरहेका सञ्चारकर्मी डम्बरकृष्ण श्रेष्ठले यहाँका नेपालीका सकारात्मक नकारात्मक पक्षहरूको साङ्गोपाङ्गो वृत्तान्त नेपालको सबैभन्दा बढी प्रभाव छाड्ने म्यागेजिन हिमाल खबरपत्रिकामार्फत् संसारभर छरिरहेका थिए ।
-
काठमाडौं, ३ चैत । बाह्रौँ नेपाल राष्ट्रिय हिन्दी सम्मेलन काठमाडौंमा जारी छ । नेपाल हिन्दी प्रतिष्ठानद्वारा प्रज्ञाभवनमा शुनिवारबाट आयोजना गरिएको सम्मेलनमा हिन्दी भाषा, साहित्यको विकासमा महत्वपूर्ण योगदान पु¥याउने वरिष्ठ हिन्दी साहित्यकारद्वय रामस्वार्थ ठाकुर र डा.शिवशङ्कर यादवलाई जनही नगद रु २५ हजार २५, जानकी मन्दिरको चाँदीको प्रतिमा तथा दोसल्लासहित राजर्षि जनक प्रतिभा पुरस्कार प्रदान गरिने कार्यक्रम छ ।


