काठमाडौं, २४ श्रावण । आज अगष्ट ९ तारिक, अर्थात विश्व अदिवासी दिवश । नेपालका आदिवासी जनजातिहरुले पनि १७औ विश्व आदिवासी दिवश विभिन्न कार्यक्रम गरी देशभर मनाइरहेका छन् ।
काठमाडौं, २३ श्रावण । सिरियाली सेनाले राष्ट्रपति बसर अल असदको राजिनामा माग गर्ने प्रर्दशनकारीहरुको केन्द्रविन्दुको रुपमा रहेको डिर एजोर शहरमा आइतबार बाट सुरु गरेको सैन्य ट्याङ्क हमलालाइ निरन्तरता दिएको छ ।
काठमाडौं, २३ श्रावण । लामो सयमको रिक्तता तोड्दै सरकारले सात विश्वविद्यालयमा सोमबार उपकुलपतिको नियुक्त गरेको छ । विश्वविद्यालयका समेत रहनु भएका प्रधानमन्त्री झलनाथ खनालले राजनैतिक भागवण्डा मिलाउँदै उपकुलपति नियुक्त गर्नुभएको हो ।
काठमाडौं, २३ श्रावण । सोमबार बस्ने भनिएको नेकपा एमाले केन्द्रीय कमिटीको दशौं बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित भएको छ ।
काठमाडौं, २३ श्रावण । सहमति जुटिसकेको बिषयमा सरकार पछि हटेको भन्दै नेपाली कांग्रेसले सदन अवरोधलाइ निरन्तरता दिएको छ ।
बिराटनगर, २३ श्रावण । उपप्रधान तथा अर्थमन्त्री भरतमोहन अधिकारीले देशको आर्थिक समृद्धिका लागि सरकारले निजी क्षेत्रलाई महत्वपूर्णरुपमा लिएको बताउनुभएको छ ।
काठमाडौं, २३ श्रावण । नेपाली कांग्रेस र मधेशी मोर्चाबीच शान्ति प्रक्रिया, संविधान निर्माण र पाँचबुदे सहमति कार्यान्वयन लगायतका बिषयमा साझा धारणा बनाएर अघि बढ्ने सहमति भएको छ ।
काठमाडौं, २३ श्रावण । राजधानीमा जारी अण्डर १६ साफ च्याम्पियनसिप फुटबल प्रतियोगिता अन्तर्गत सोमबार सम्पन्न खेलमा नेपाल भारतसँग ४-२ गोल अन्तरले पराजित भएको छ ।
चितवन, २३ श्रावण । नारायणगढ-मुग्लिङ सडकखण्डअन्तर्गत चितवनको दाहखानी ६ बाट सोमबार बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ ।
म्याग्दी, २३ श्रावण । नेपाल टेलिकमको टावर रहेको स्थानमा विद्युत् आपूर्ति बन्द हुँदा म्याग्दीमा सोमबार बिहानदेखि सञ्चार सेवा अवरुद्ध भएको छ ।
- Recent
- Popular
- Comment
संविधानसभाको चुनाव होला ?
-
क्यालिफोर्निया । एप्पलले बजारमा ल्याउने भनेको आइवाच वर्ष २०१३ को सुरुदेखी नै चर्चामा रहेको ग्याजेट हो । एप्पलको आइवाचले गुगलको चश्माले भन्दा धेरै मिडियामा चर्चा र स्थान पाइरहेको छ । यतिखेर एप्पलको मुख्यालय क्यालिफोनिर्यामा एकसय भन्दा बढी इन्जिनियर यसको विकासमा व्यस्त रहेको समाचारहरु आइरहेको समयमा एक अमेरिकी म्यागेजिन म्याकयुजरले एप्पलले दिएको पेटेन्ट निवेदनका आधारमा आइवाचको डिजाइन र यसले कसरी काम गर्छ भन्ने पत्ता लगाएको छ ।
-
जेबी पुन मगर
केही वर्षयता हङकङलाई चियाएर हेरिरहेका सञ्चारकर्मी डम्बरकृष्ण श्रेष्ठले यहाँका नेपालीका सकारात्मक नकारात्मक पक्षहरूको साङ्गोपाङ्गो वृत्तान्त नेपालको सबैभन्दा बढी प्रभाव छाड्ने म्यागेजिन हिमाल खबरपत्रिकामार्फत् संसारभर छरिरहेका थिए ।
-
काठमाडौं, ३ चैत । बाह्रौँ नेपाल राष्ट्रिय हिन्दी सम्मेलन काठमाडौंमा जारी छ । नेपाल हिन्दी प्रतिष्ठानद्वारा प्रज्ञाभवनमा शुनिवारबाट आयोजना गरिएको सम्मेलनमा हिन्दी भाषा, साहित्यको विकासमा महत्वपूर्ण योगदान पु¥याउने वरिष्ठ हिन्दी साहित्यकारद्वय रामस्वार्थ ठाकुर र डा.शिवशङ्कर यादवलाई जनही नगद रु २५ हजार २५, जानकी मन्दिरको चाँदीको प्रतिमा तथा दोसल्लासहित राजर्षि जनक प्रतिभा पुरस्कार प्रदान गरिने कार्यक्रम छ ।


