काठमाडौं, ८ श्रावण । पुर्वी चीनमा दुई वटा रेल एक आपसमा ठोकिएर भएको दुर्घटनामा कम्तीमा ३२ जनाको मृत्यु भएके छ । दुर्घटनामा अन्य एक सय जना घाइते भएका छन । झिझाङ प्रान्तको वीनझाउमा तिब्र गतिमा रहेको रेल ठोकिएर पुल बाट तल खसेको थियो ।
म्याग्दी, ८ श्रावण । गत शुक्रबार म्याग्दीमा ७ जना वेपत्ता हुने गरि भएको ट्याक्सी दुर्घटनाको बारेमा अनुसन्धान गर्न गठित समितिले आईतबार प्रतिवेदन सार्वजनीक गरेको छ ।
काठमाडौं, ८ श्रावण । नेपाली कांग्रेसले पाँचबुदे सहमतिको पूर्ण-कार्यान्वयनवाटमात्र शान्ति प्रक्रिया अघि बढ्ने भन्दै सहमतिको कार्यान्वयनमा जोडदार माग गरेको छ ।
बिर्तामोड, ८ श्रावण । तीनवटा चिया मजदुर सङ्गठनले आइतबार राष्ट्रिय चिया उत्पादक सङ्घको कार्यालय घेराउ गरेका छन् । नेपाल स्वतन्त्र चिया मजदुर युनियन, अखिल नेपाल चिया मजदुर सङ्गठन र नेपाल चिया बगान श्रमिक सङ्घसँग सम्वद्ध मजदुरले सङ्घको कार्यालय १२ बजेदेखि घेराउ गरेका हुन् ।
अर्घाखाँची, ८ श्रावण । अर्घाखाँचीको सन्धिखर्कस्थित गुन्टी खोलामा बाटो हिलो भएर दुर्घटना बढ्ने सम्भावना बढ्दा समेत स्थानीय निकायले मर्मतमा ध्यान नदिएको भन्दै बिरोधस्वरुप स्थानीयबासीले सडकमा रोपाइँ गरेका छन् ।
चितवन, ८ श्रावण । नेपाली कांग्रेसका नेता डा. प्रकाशशरण महतले माओवादीकै कारण शान्ति र संविधान धरापमा परेको बताउनुभएको छ ।
जुम्ला, ८ श्रावण । अबिरल बर्षाको कारण ठाउँ ठाउँमा खसेको पहिरोले कर्णाली राजमार्ग अबरुद्ध भएको छ । बाटो बन्द भएपछि कालिकोट र जुम्लाका लागि खाद्यान्न र निर्माण सामग्री बोकेर हिंडेका दर्जनौं मालबाहक गाडी बिच बाटोमै अलपत्र परेका छन् ।
काभ्रे, ८ श्रावण । काभ्रेको धुलिखेलमा हिजोबाट शुरु भएको नेकपा एमालेको दुइृ दिने राष्ट्रिय कार्यशाला आइतबार सकिदैछ । धुलिखेलस्थित धुलिखेल लज रिसोर्टमा जारी भेलाले आसन्न राष्ट्रिय प्रतिनिधि परिषदको बैठकमा प्रस्तुत गरिने एजेण्डा तय गर्नेछ ।
काठमाडौं, ८ श्रावण । सरकारले व्यवस्थापिका संसदमा प्रस्तुत गरेको आर्थिक वर्ष २०६८-०६९ को बजेटको बिनियोजन बिद्येयक माथि आइतबारबाट दफाबार छलफल शुरु हुँदैछ ।
काठमाडौं, ८ श्रावण । पार्टीको आगामी कार्यदिशा र कार्यविभाजन लगायतका बिषयमा टुंगो लगाउन एकीकृत नेकपा माओबादी केन्द्रिय समितिको बैठक आइतबार पनि बस्दै छ ।
- Recent
- Popular
- Comment
संविधानसभाको चुनाव होला ?
-
क्यालिफोर्निया । एप्पलले बजारमा ल्याउने भनेको आइवाच वर्ष २०१३ को सुरुदेखी नै चर्चामा रहेको ग्याजेट हो । एप्पलको आइवाचले गुगलको चश्माले भन्दा धेरै मिडियामा चर्चा र स्थान पाइरहेको छ । यतिखेर एप्पलको मुख्यालय क्यालिफोनिर्यामा एकसय भन्दा बढी इन्जिनियर यसको विकासमा व्यस्त रहेको समाचारहरु आइरहेको समयमा एक अमेरिकी म्यागेजिन म्याकयुजरले एप्पलले दिएको पेटेन्ट निवेदनका आधारमा आइवाचको डिजाइन र यसले कसरी काम गर्छ भन्ने पत्ता लगाएको छ ।
-
जेबी पुन मगर
केही वर्षयता हङकङलाई चियाएर हेरिरहेका सञ्चारकर्मी डम्बरकृष्ण श्रेष्ठले यहाँका नेपालीका सकारात्मक नकारात्मक पक्षहरूको साङ्गोपाङ्गो वृत्तान्त नेपालको सबैभन्दा बढी प्रभाव छाड्ने म्यागेजिन हिमाल खबरपत्रिकामार्फत् संसारभर छरिरहेका थिए ।
-
काठमाडौं, ३ चैत । बाह्रौँ नेपाल राष्ट्रिय हिन्दी सम्मेलन काठमाडौंमा जारी छ । नेपाल हिन्दी प्रतिष्ठानद्वारा प्रज्ञाभवनमा शुनिवारबाट आयोजना गरिएको सम्मेलनमा हिन्दी भाषा, साहित्यको विकासमा महत्वपूर्ण योगदान पु¥याउने वरिष्ठ हिन्दी साहित्यकारद्वय रामस्वार्थ ठाकुर र डा.शिवशङ्कर यादवलाई जनही नगद रु २५ हजार २५, जानकी मन्दिरको चाँदीको प्रतिमा तथा दोसल्लासहित राजर्षि जनक प्रतिभा पुरस्कार प्रदान गरिने कार्यक्रम छ ।


