इलाम ७ साउन । भारतबाट अवैध रुपमा औषधी ल्याइ बिक्री गर्दै गरेको अवस्थामा प्रहरीले थप ३ जनालाई आज इलाम बजारबाट पक्राउ गरेको छ । औषधी बिक्री गर्दै गर्दा विहान भारतीय दुई नागरिकलाई प्रहरीले पक्राउ गरेको थियो ।
काठमाडौं, ७ श्रावण । यूवा तथा खेलकुद मन्त्री हितबहादुर तामाङले विवादित दुई ओलम्पीक कमिटि मिलेर नआए गतिविधीमै रोक लगाईदिने चेतावनी दिनु भएको छ ।
काठमाडौं, ७ श्रावण । प्रधानमन्त्री झलनाथ खनालले माओवादी भित्र देखिएको आन्तरिक संघर्षका कारण शान्ति प्रक्रिया र संविधान निर्माणको काम अघि बढ्न नसकेको दाबीगर्नु भएको छ ।
काठमाडौं, ७ श्रावण । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीभित्र अहिले देखिएको आन्तरिक संघर्षले पार्टी विभाजन नहुने दाबी गर्नु भएको छ । जारी अन्तरसंघर्षले आफूलाई अप्ठ्यारोमा पारिएको स्वीकार गर्दै उहाँले जतिसुकै समस्यामा पारिएपनि पार्टी एकठिक्का भएर जाने विश्वास ब्यक्त गर्नु भयो ।
लमजुङ, ७ श्रावण । नेपाली कांग्रेसका महामन्त्री कृष्णप्रसाद सिटौलाले पार्टीको संसदीय दलको नेता परिवर्तन गर्ने बिषयमा सभापति सुशिल कोइराला र नेता शेरबहादुर देउवाबीच सहमति भइसकेको खुलासा गर्नुभएको छ ।
काठमाडौं ७ साउन । बिश्वकप छनोटको दोस्रो चरणमा आज नेपालले बलियो प्रतिद्धन्द्धी जोर्डनको सामना गर्दैछ । खेल नेपाली समयअनुसार आज राती पौने १० बजे अम्मानमा हुनेछ । प्रारम्भिक चरणको खेलमा पुर्वी टिमोरलाई समग्रमा ७–१ गोलले पराजीत गरेपछी नेपालले बिश्वकप छनोटको दोस्रो चरणमा जोर्डनसंगको प्रतिस्पर्धा पक्का गरेको हो ।
दैलेख ७ साउन । दैलेखमा झाडापखला बाट एकै घरका तीन जनाको मृत्यु भएको छ । बिशाला गाबिस वडा र्न — १ वजाहा घर भएका नरबहादुर शाही कि १० बर्षिया छोरी पबित्रा शाही , ६ बर्षिया दिपा र ४ बर्षिया निर्मलाको झाडापखला बाट मृत्यु भएको जनाइएको छ ।
धुलिखेल ७ साउन । प्रमुख सत्तारुढ दल नेकपा एमालेको दुई दिने राष्ट्रिय भेला आज देखि काभ्रेको धुलिखेलमा सुरु हुदैछ । भेलामा पार्टीको आन्तरिक जीवन, बर्तमान राजनितीक बस्तुस्थिती र बिधान सशोधनका बारेमा छलफल हुने जनाइएको छ ।
चितवन ७ साउन । चितवनको पटिहानीमा जङ्गली बँदेलको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । पटिहानी गाविस वडा नं ८ गङ्गानगर निवासी वर्ष ६० की गोमायाँ विकको बँदेलले आक्रमण गर्दा ज्यान गएको हो ।
काठमाडौं ७ साउन । ट्याक्सी सहित कालिगण्डकी नदीमा खसेर वेपत्ता भएकाहरुको खोजी कार्य आज पनि जारी छ । गलेश्वरबाट बेनी आउँदै गरेको ग १ ज १२३९ नम्बरको ट्याक्सी हिजो बेनी–जोमसोम सडक खण्डको जलेश्वरबाट कालिगण्डकी नदिमा खस्दा एकै परिवारका ३ सहित ७ जना वेपत्ता भएका थिए ।
- Recent
- Popular
- Comment
संविधानसभाको चुनाव होला ?
-
क्यालिफोर्निया । एप्पलले बजारमा ल्याउने भनेको आइवाच वर्ष २०१३ को सुरुदेखी नै चर्चामा रहेको ग्याजेट हो । एप्पलको आइवाचले गुगलको चश्माले भन्दा धेरै मिडियामा चर्चा र स्थान पाइरहेको छ । यतिखेर एप्पलको मुख्यालय क्यालिफोनिर्यामा एकसय भन्दा बढी इन्जिनियर यसको विकासमा व्यस्त रहेको समाचारहरु आइरहेको समयमा एक अमेरिकी म्यागेजिन म्याकयुजरले एप्पलले दिएको पेटेन्ट निवेदनका आधारमा आइवाचको डिजाइन र यसले कसरी काम गर्छ भन्ने पत्ता लगाएको छ ।
-
जेबी पुन मगर
केही वर्षयता हङकङलाई चियाएर हेरिरहेका सञ्चारकर्मी डम्बरकृष्ण श्रेष्ठले यहाँका नेपालीका सकारात्मक नकारात्मक पक्षहरूको साङ्गोपाङ्गो वृत्तान्त नेपालको सबैभन्दा बढी प्रभाव छाड्ने म्यागेजिन हिमाल खबरपत्रिकामार्फत् संसारभर छरिरहेका थिए ।
-
काठमाडौं, ३ चैत । बाह्रौँ नेपाल राष्ट्रिय हिन्दी सम्मेलन काठमाडौंमा जारी छ । नेपाल हिन्दी प्रतिष्ठानद्वारा प्रज्ञाभवनमा शुनिवारबाट आयोजना गरिएको सम्मेलनमा हिन्दी भाषा, साहित्यको विकासमा महत्वपूर्ण योगदान पु¥याउने वरिष्ठ हिन्दी साहित्यकारद्वय रामस्वार्थ ठाकुर र डा.शिवशङ्कर यादवलाई जनही नगद रु २५ हजार २५, जानकी मन्दिरको चाँदीको प्रतिमा तथा दोसल्लासहित राजर्षि जनक प्रतिभा पुरस्कार प्रदान गरिने कार्यक्रम छ ।


