काठमाडौं, १८ अषाढ । विश्वकप फुटवल छनौट खेलमा नेपाले इष्ट टिमोरलाई ५-० को बिशाल गोल अन्तरले विजयी भएको छ । यो जीतसंगै नेपाल दोश्रो चरणमा प्रवेस गरेको छ । अव दोश्रो चरणमा नेपालले जोर्डनसंग खेल्नुपर्नेछ । सुजल श्रेष्ठ, जुमानु राई, भोला सिलवाल र अनिल गुरुङले एक एक गोल गरेका थिए ।
काठमाडौं, १८ अषाढ । नेपाली कांग्रेसका कार्यवाहक सभापति रामचन्द्र पौडेलले शान्ति र लोकतन्त्रको सट्टामा पार्टीले प्रधानमन्त्री पद साट्न नचाहेको बताउँनु भएको छ । नेपाली कांग्रेसलाई प्रधानमन्त्री पदभन्दा शान्ति प्रक्रियालाई टुङ्गोमा पुर्याउँदै लोकतन्त्रलाई संस्थागत गर्नु ठूलो जिम्मेवारी रहेको समेत स्पष्ट पार्नुभयो ।
इटहरी, १८ अषाढ । सप्तकोशी नदीमा पानीको बहाव शनिबार केहि घटेको छ । शनिबार बिहान ८ बजेको मापन अनुसार पानीको बहाव शुक्रबारको तुलनामा केहि घटेर प्रति सेकेण्ड १ लाख ४७ हजार २ सय १० क्युसेकमा झरेको छ । शुक्रबार साँझ ५ बजे कोशीको वहाब प्रति सेकेण्ड १ लाख ५८ हजार २ सय ७५ क्युसेक रहेको थियो ।
अछाम, १८ अषाढ । अछाममा शनिबार बिहान पहिरोमा पुरिएर एकै परिवारका तीन बालबालिकाको मृत्यु भएको छ । अबिरल बर्षासँगै मालातीकोट ७ तालीगाउँमा पहिरो जाँदा १२ वर्षिया रमेश बिक, १० वर्षिय रुप बिक र ९ वर्षिया इसारा विक को मृत्यु भएको प्रहरीले जनाएको छ ।
काठमाडौं, १८ अषाढ । नेपाली कांग्रेसका महामन्त्री प्रकाशमान सिंहले माओवादी र एमालेले आफू अनूकुल बजेट ल्याए आफ्नो पार्टीका लागि मान्य नहुने बताउँनु भएको छ । कांग्रेस लगायतका विपक्षी दलहरुलाई वेवास्ता गरी एकतर्फी रुपमा बजेट ल्याइए त्यसको सशक्त पतिवाद गर्ने महामन्त्री सिंहको भनाई थियो ।
काठमाडौं, १८ अषाढ । लोकतान्त्रिक आन्दोलन र शान्ति प्रक्रियाको अग्रणी नेतृत्व गर्नुभएका नेपाली कांग्रेसका पूर्वसभापति गिरिजाप्रसाद कोइरालाको ८८औं जन्मजयन्ती शनिबार विभिन्न कार्यक्रम आयोजना गरि मूलुकभर मनाइदैछ । कोइराला नेपालको प्रथम नागरिक राष्ट्राध्यक्ष समेत हुनुहुन्छ । गणतन्त्रको घोषणा पश्चात कोइरालाले प्रधानमन्त्रीसहित राष्ट्राध्यक्षको समेत जिम्मेवारी समाल्नुभएको थियो ।
काठमाडौं, १८ अषाढ । आज ८९ औ अन्तराष्ट्रिय सहकारी दिबस तथा १७ औ सयुक्त राष्ट्रसघिय सहकारी दिबस ‘युवाको भविष्यका लागि सहकारी उद्यमशीलता’ भन्ने नाराका साथ नेपालमा पनि बिभिन्न कार्यक्रम गरि मनाइदैछ ।
काठमाडौं, १८ अषाढ । विश्व खेलकुद पत्रकार दिवस शनिबार विभिन्न कार्यक्रम गरी नेपालमा पनि मनाइँदैछ । यसै अवसरमा नेपाल खेलकुद पत्रकार मञ्चले त्रीदिवसीय कार्यक्रमको आयोजना गरेको छ ।
- युवराज घिमिरे प्रधानमन्त्री झलनाथ खनालले राष्ट्रका नाम सन्देश दिए 'प्रजातन्त्र' दिवसको पूर्वसन्ध्यामा। प्रजातन्त्रले यदि एउटै मात्र कुरालाई सिद्धान्ततः र व्यवहारमा निषेध गर्छ भने त्यो हो 'निषेध' या 'बहिस्कार' को राजनीति। तर दुर्भाग्य नेपालको विगत ४ वर्षको राजनीतिक अभ्यासमा 'प्रजातन्त्र' लाई निषेध गरेर 'लोकतन्त्र' मा जाने वाचा त्यसबेलाका सात दल र माओवादीले गरेका छन्।
काठमाडौं, १८ अषाढ । व्यबस्थापिका ससदमा आइतबार सरकारका तर्फबाट प्रस्तुत गरिने बार्षिक नीति तथा कार्यक्रमलाई अन्तिम रुप दिन प्रमुख सत्तारुढ दल नेकपा एमाले र एकीकृत नेकपा माओबादीबीच शनिबार पुनः छलफल हुदैछ । अहिले बिहान ९ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा यी दुई दलबीच छलफल हुन लागेको हो ।
- Recent
- Popular
- Comment
संविधानसभाको चुनाव होला ?
-
क्यालिफोर्निया । एप्पलले बजारमा ल्याउने भनेको आइवाच वर्ष २०१३ को सुरुदेखी नै चर्चामा रहेको ग्याजेट हो । एप्पलको आइवाचले गुगलको चश्माले भन्दा धेरै मिडियामा चर्चा र स्थान पाइरहेको छ । यतिखेर एप्पलको मुख्यालय क्यालिफोनिर्यामा एकसय भन्दा बढी इन्जिनियर यसको विकासमा व्यस्त रहेको समाचारहरु आइरहेको समयमा एक अमेरिकी म्यागेजिन म्याकयुजरले एप्पलले दिएको पेटेन्ट निवेदनका आधारमा आइवाचको डिजाइन र यसले कसरी काम गर्छ भन्ने पत्ता लगाएको छ ।
-
जेबी पुन मगर
केही वर्षयता हङकङलाई चियाएर हेरिरहेका सञ्चारकर्मी डम्बरकृष्ण श्रेष्ठले यहाँका नेपालीका सकारात्मक नकारात्मक पक्षहरूको साङ्गोपाङ्गो वृत्तान्त नेपालको सबैभन्दा बढी प्रभाव छाड्ने म्यागेजिन हिमाल खबरपत्रिकामार्फत् संसारभर छरिरहेका थिए ।
-
काठमाडौं, ३ चैत । बाह्रौँ नेपाल राष्ट्रिय हिन्दी सम्मेलन काठमाडौंमा जारी छ । नेपाल हिन्दी प्रतिष्ठानद्वारा प्रज्ञाभवनमा शुनिवारबाट आयोजना गरिएको सम्मेलनमा हिन्दी भाषा, साहित्यको विकासमा महत्वपूर्ण योगदान पु¥याउने वरिष्ठ हिन्दी साहित्यकारद्वय रामस्वार्थ ठाकुर र डा.शिवशङ्कर यादवलाई जनही नगद रु २५ हजार २५, जानकी मन्दिरको चाँदीको प्रतिमा तथा दोसल्लासहित राजर्षि जनक प्रतिभा पुरस्कार प्रदान गरिने कार्यक्रम छ ।


