काठमाडौं, ४ अषाढ । एकीकृत नेकपा माओवादीका उपाध्यक्ष डा. बाबुराम भट्टराईले राष्ट्रियताको रक्षाका लागि ठूला शक्तिसँग छापामार शैली अपनाउनु पर्ने बताउनुभएको छ । राजधानीमा शनिबार भएको एक अन्तरक्रिया कार्यक्रममा उपाध्यक्ष भट्टराईले ठूला मुलुकसँग सिघै लड्न नसकिने भएकाले छापामार शैली अपनाउनु पर्ने बताउनुभयो । उहॉले भारतसँग भएका सबै असमान सन्धीहरू खारेज गर्नुपर्ने धारणा राख्नुभयो ।
धनकुटा, ४ अषाढ । नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतमले पार्टीभित्र चरम गुटबन्दी रहेकाले पार्टी विखन्डनको संघारमा पुगेको खुलासा गर्नुभएको छ ।
काठमाडौं, ४ अषाढ । पत्रकारहरु माथि भएका श्रृखलाबद्ध आक्रमणको बिरोधमा नेपाल पत्रकार महासंघले घोषणा गरेको प्रथम चरणको आन्दोलन अन्तर्गत शनिबार राजधानी लगायत मुलुकभरका जिल्ला प्रशासन कार्यालय अगाडि प्रर्दशन तथा धर्ना दिएका छन् ।
काठमाडौं, ४ अषाढ । प्रहरीले राजधानीको एक ब्युटिपार्लरमा छापामारी संचालिका सहित यौन क्रियाकलापमा संलग्न ६ युवती र ३ युवालाई पक्राउ छ । न्युरोड धर्मपथस्थित न्यु सहेली व्युटिपार्लरमा छापा मारी संचालिका उर्मिला विष्ठ सहित ९ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
काठमाडौं, ४ अषाढ । नेकपा एमालेको भातृ संगठन युवा सङघले विराटनगरका पत्रकार खिलानाथ ढकालमाथि भएको आक्रमणको न्यायिक छानविन गर्न माग गरेको छ ।
काठमाडौं, ४ अषाढ । राजधानीमा जारी शहिद स्मारक लिग फुटवलमा कोइलापानी पोलस्टारले फेरि पनि बराबरीको मार खेपेको छ । हलचोक मैदानमा मध्यान्तरपछिको ८२ औं मिनेटमा जाङ्बु शेर्पाको गोलमा अग्रता लिएको पोलस्टारले निर्धारित समयसम्म अग्रता कायम गरिरहेको थियो । तर निर्धारित समयपछि थप गरिएको इन्जुरी समयमा युनाइटेड युथ क्लवका स्यामुएलले गोल गरेपछि खेल जितेर महत्वपूर्ण तीन अंक बटुल्ने कोइलापानीको सपना चकनाचुर भएको थियो ।
काठमाडौं, अषाढ ४ । संविधानसभाको म्याद थपपछिको समीक्षा गर्न शनिबारका लागि तय भएको तीन दलका शीर्ष नेताहरुको बैठक स्थगित भएको छ । बैठक दिउँसो तीन बजेका लागि तय गरिएको थियो । एकीकृत नेकपा माओवादीका बरिष्ठ नेताहरु राजधानी बाहिर रहेकाले शीर्ष बैठक स्थगित गरिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो ।
भक्तपुर ४ अषाढ । नेपाली कांग्रेसका महामन्त्री प्रकाशमान सिंहले राजनीतिक सहमती नभएसम्म बजेट ल्याउन नदिने बताउनुभएको छ । नेपाली कांग्रेस क्षेत्र नं. २ भक्तपुरले आयोजना गरेको क्षेत्रिय सम्मेलनलाई सम्बोधन गर्दै महामन्त्री सिंहले कांग्रेस नियमित बजेट ल्याउन बाधक नबन्ने तर बर्तमान सरकारले कांग्रेस लगायतका दलहरुसँग छलफल गरि सहमती गरेर मात्र बजेट ल्याउनुपर्ने बताउनुभयो ।
काठमाडौं, ४ अषाढ । नेकपा एमालेका महासचिव इश्वर पोखरेलले शान्तिप्रक्रिया नटुंगिएसम्म लोकतान्त्रिक संविधान बन्न नसक्ने बताउनुभएको छ ।
भक्तपुर, ४ अषाढ । नेकपा एमालेको भातृ संगठन युवा संघका अध्यक्ष महेश बस्नेतले जब सम्म अदालतले दोषी देखाउदैन तव सम्म पर्शुराम बस्नेतलाई आफुले नबुझाउने बताउनुभएको छ ।
- Recent
- Popular
- Comment
संविधानसभाको चुनाव होला ?
-
क्यालिफोर्निया । एप्पलले बजारमा ल्याउने भनेको आइवाच वर्ष २०१३ को सुरुदेखी नै चर्चामा रहेको ग्याजेट हो । एप्पलको आइवाचले गुगलको चश्माले भन्दा धेरै मिडियामा चर्चा र स्थान पाइरहेको छ । यतिखेर एप्पलको मुख्यालय क्यालिफोनिर्यामा एकसय भन्दा बढी इन्जिनियर यसको विकासमा व्यस्त रहेको समाचारहरु आइरहेको समयमा एक अमेरिकी म्यागेजिन म्याकयुजरले एप्पलले दिएको पेटेन्ट निवेदनका आधारमा आइवाचको डिजाइन र यसले कसरी काम गर्छ भन्ने पत्ता लगाएको छ ।
-
जेबी पुन मगर
केही वर्षयता हङकङलाई चियाएर हेरिरहेका सञ्चारकर्मी डम्बरकृष्ण श्रेष्ठले यहाँका नेपालीका सकारात्मक नकारात्मक पक्षहरूको साङ्गोपाङ्गो वृत्तान्त नेपालको सबैभन्दा बढी प्रभाव छाड्ने म्यागेजिन हिमाल खबरपत्रिकामार्फत् संसारभर छरिरहेका थिए ।
-
काठमाडौं, ३ चैत । बाह्रौँ नेपाल राष्ट्रिय हिन्दी सम्मेलन काठमाडौंमा जारी छ । नेपाल हिन्दी प्रतिष्ठानद्वारा प्रज्ञाभवनमा शुनिवारबाट आयोजना गरिएको सम्मेलनमा हिन्दी भाषा, साहित्यको विकासमा महत्वपूर्ण योगदान पु¥याउने वरिष्ठ हिन्दी साहित्यकारद्वय रामस्वार्थ ठाकुर र डा.शिवशङ्कर यादवलाई जनही नगद रु २५ हजार २५, जानकी मन्दिरको चाँदीको प्रतिमा तथा दोसल्लासहित राजर्षि जनक प्रतिभा पुरस्कार प्रदान गरिने कार्यक्रम छ ।


