पोखरा, ४ अषाढ । भौतिक योजना तथा निर्माणमन्त्री टोपबहादुर रायमाझीले माओवादीले भेला गर्दै हिड्नु पार्टीका लागि खतरा नभै पार्टीलाई झनै मजबुद बनाउनका निम्ति भएको दाबी गर्नुभएको छ ।
काठमाडौं, ४ अषाढ । संयुक्त राष्ट्र सुरक्षा परिषदले तालिबान अलकायदा भन्दा अलग संगठन भएको स्पष्ट गर्दै यी दुई सगठन बिरुद्ध जारी रहदै आएको प्रतिबन्धलाई पनि भिन्नै गर्नु पर्ने घोषणा गरेको छ । यसअघि सुरक्षा परिषदले दुवै आतंकवादी संगठनलाई एकै स्तरमा राखि एकै प्रकारको प्रतिबन्ध लगाउँदै आएको थियो ।
वीरगन्ज, ४ अषाढ । सशस्त्र प्रहरीको वीरगन्ज भन्सार राजश्व गस्ती टोलीले पर्साको लङ्गडीबाट पक्राउ गरेको एक ट्रक मल तस्करहरुले लुटेका छन् ।
काठमाडौं, ४ अषाढ । शान्ति प्रक्रियाको कार्यतालिका, संविधान निर्माण, नयाँ बजेट, लगायतका विषयमा छलफल गर्न प्रमुख तीन दलको बैठक शनिबार बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटारमा दिउसो ३ बजे बस्ने एकीकृत नेकपा माओवादी, नेपाली कांग्रेस र नेकपा एमालेका शीर्ष नेताहरुको बैठकमा पाँच वुदे सहमति कार्यान्वयनका विषयमा छलफल हुने जनाइएको छ ।
डोल्पा, ४ अषाढ । डोल्पाको विङ्गबुङ्ग हिमाली क्षेत्रमा यार्सागुम्बा टिप्न गएका तीन जनाको हिम पहिरोमा पुरिएर मृत्यु भएको छ । मृत्यु हुनेमा जाजरकोट नायकवाडाका सिंहबहादुर सिंह रहेका छन भने अन्य दुई जनाको परिचय खुल्न सकेको छैन ।
भक्तपुर, ४ अषाढ । अरनिको राजमार्ग अन्तर्गत भक्तपुरको नलिनचोक बाँसघारीमा आज बिहान दुई वटा यात्रुबाहक बस एक आपसमा ठोकिई भएको दुर्घटनामा ३७ यात्रु घाइते भएका छन् ।
काठमाडौं, ४ अषाढ । अबिरल बर्षाले पहिरे जाँदा अबरुद्ध भएको मुग्लिन नौबिसे सडक खण्ड अहिले सुचारु भएको छ ।
बिराटनगर, ४ अषाढ । जिल्ला प्रशासन कार्यालय मोरङले शनिबार पनि बिराटनगरमा १० घण्टे निशेधाज्ञा जारी गरेको छ । बिहान ८ बजे बाट सुरु भएको निशेधाज्ञा साँझ ६ बजे सम्म जारी रहने मोरङ प्रशासनले जनाएको छ ।
काठमाडौं, ४ अषाढ । सञ्चारकर्मीहरुमाथि भएका श्रृखलाबद्ध आक्रमणको बिरोधमा नेपाल पत्रकार महासंघले घोषणा गरेको प्रथम चरणको आन्दोलन अन्तर्गत शनिबार राजधानी लगायत मुलुकभरका जिल्ला प्रशासन कार्यालय अगाडि प्रर्दशन तथा धर्ना दिइने भएको छ ।
काठमाडौं, ४ अषाढ । राजधानीमा शुक्रबार राती भएको सवारी दुर्घटनामा एक ब्यक्ति मृत्यु भएको छ । राती करिब साढे १० बजे भद्रकालीस्थित सडकमा पुरानो बसपार्कबाट नयाँबानेश्वर तर्फ जाँदै गरेको बा२ख ३०५१ नम्बरको बसले ठक्कर दिदा अन्दाजी ५५ बर्षिय एक पुरुषको मृत्यु भएको हो ।
- Recent
- Popular
- Comment
संविधानसभाको चुनाव होला ?
-
क्यालिफोर्निया । एप्पलले बजारमा ल्याउने भनेको आइवाच वर्ष २०१३ को सुरुदेखी नै चर्चामा रहेको ग्याजेट हो । एप्पलको आइवाचले गुगलको चश्माले भन्दा धेरै मिडियामा चर्चा र स्थान पाइरहेको छ । यतिखेर एप्पलको मुख्यालय क्यालिफोनिर्यामा एकसय भन्दा बढी इन्जिनियर यसको विकासमा व्यस्त रहेको समाचारहरु आइरहेको समयमा एक अमेरिकी म्यागेजिन म्याकयुजरले एप्पलले दिएको पेटेन्ट निवेदनका आधारमा आइवाचको डिजाइन र यसले कसरी काम गर्छ भन्ने पत्ता लगाएको छ ।
-
जेबी पुन मगर
केही वर्षयता हङकङलाई चियाएर हेरिरहेका सञ्चारकर्मी डम्बरकृष्ण श्रेष्ठले यहाँका नेपालीका सकारात्मक नकारात्मक पक्षहरूको साङ्गोपाङ्गो वृत्तान्त नेपालको सबैभन्दा बढी प्रभाव छाड्ने म्यागेजिन हिमाल खबरपत्रिकामार्फत् संसारभर छरिरहेका थिए ।
-
काठमाडौं, ३ चैत । बाह्रौँ नेपाल राष्ट्रिय हिन्दी सम्मेलन काठमाडौंमा जारी छ । नेपाल हिन्दी प्रतिष्ठानद्वारा प्रज्ञाभवनमा शुनिवारबाट आयोजना गरिएको सम्मेलनमा हिन्दी भाषा, साहित्यको विकासमा महत्वपूर्ण योगदान पु¥याउने वरिष्ठ हिन्दी साहित्यकारद्वय रामस्वार्थ ठाकुर र डा.शिवशङ्कर यादवलाई जनही नगद रु २५ हजार २५, जानकी मन्दिरको चाँदीको प्रतिमा तथा दोसल्लासहित राजर्षि जनक प्रतिभा पुरस्कार प्रदान गरिने कार्यक्रम छ ।


