काठमाडौं, ४ अषाढ । नेपालका लागि नवनियुक्त चिनीयाँ राजदुत योङ हुलान पदभार ग्रहणका निम्ती शनिबार नेपाल आउदै हुनुहुन्छ । चाइना एयरको बिमानबाट नेपाल आउनु हुने नवनियुक्त राजदुत हुलानले आगामी सोमबार राष्ट्रपति डा. रामबरण यादव समक्ष आफनो ओहोदाको प्रमाणपत्र बुझाउने कार्यक्रम रहेको शीतल निबासले जनाएको छ ।
काठमाडौं, ४ अषाढ । राजधानीमा जारी शहिद स्मारक ए डिभीजन लिग फुटवल प्रतियोगिता अन्र्तगत शनिबार युनाईटेड युथ क्लव र कोइलापानी पोलस्टार तथा मनाङ म¥स्याङदी र रानी पोखरी कर्नर टिम आरसीटी भिड्दै छन् ।
काठमाडौ, ३ अषाढ । एकीकृत नेकपा माओवादीका सचिव सीपी गजुरेलले पार्टी अध्यक्ष प्रचण्डले भन्दैमा आफूहरुको सुरक्षामा रहेको लडाकु र हतियार नबुझाउने दावी गर्नुभएको छ ।
काठमाडौं, ३ अषाढ । शान्ति प्रक्रियाको पूर्णता, संविधान निर्माण र बजेटको बिषयलाइ लिएर राष्ट्रपति डा. रामबरण यादवले शुक्रबार प्रमुख तीनदलका शीर्ष नेताहरुसंग परामर्श गर्नुभएको छ । राष्ट्रपति कार्यालय शितलनिवासमा साझ भएको भेटमा प्रमुख तीनदलका शीर्ष नेताहरुले थपिएको तीन महिनाको कार्यकालमा शान्ति प्रक्रिर्या निश्कर्षमा पुर्याई संविधानको एकीकृत मस्यौदा तयार गर्ने बताएका थिए ।
काठमाडौं, ३ अषाढ । नेपाली कांग्रेसका नेता डा. प्रकाशशरण महतले नेपाली कांग्रेसलाई बाई पास गरेर सरकारले बजेट ल्याउने प्रयास गरे त्यो सफल हुन नसक्ने बताउनुभएको छ ।
काठमाडौ, ३ अषार । त्रिभुवनविश्वविद्यालय कर्मचारी संघले बिहीबार राजधानीको शंकरदेब क्याम्पसमा भएको प्रहरी दमनको विरुद्ध आगामि असार ५ र ६ गते मुलुकभरीका विश्वविद्यालय अन्र्तगतका सबै क्याम्पस र कार्यालय बन्दको घोषणा गरेको छ ।
काठमाडौं, ३ अषाढ । सर्वोच्च अदालतले हत्या अभियोग लागेका सभासद बालकृष्ण ढुंगेललाई जेल चलान गर्न माग गर्दै परेको रिट निवेदनमा शुक्रबार बिपक्षीहरुका नाममा कारणदेखाउ आदेश जारी गरेको छ ।
काठमाडौं, ३ अषाढ । नेकपा एमालेले बिराटनगरका पत्रकार खिलनाथ ढकालमाथी भएको आक्रमणमा संलग्नताको आरोप लागेका युथफोर्सका मोरङ उपाध्यक्ष पर्शुराम बस्नेतलगायत कार्यकर्तासंग अनुसन्धानका लागि सहयोग गर्ने बताएको छ । तर व्यक्ती विशेषले गरेको अपराध कार्र्यलाइ लिएर सिङ्गो पार्टी पंक्तिमाथी आरोप लगाउनु गम्भीर भएको एमालेको भनाइ छ ।
काठमाडौं, ३ अषाढ । अमेरिकाले ओसामा बिन लादेनलाई जस्तै अलकायदाका प्रमुख अयमन अल जवाहिरीलाई पनि खोजीखोजी मार्ने बताएको छ । ज्वाईन्ट चिफ अफ स्टाफका प्रमुख माईक मलेनले एक सम्मेलनमा ओसामा बिन लादेनलाई जस्तै अलकायदाका नयाँप्रमुख अयमन अल जवाहिरी लाई पनि खोजीखोजी मार्नेमा सफल हुने बताएका छन् ।
बिराटनगर, ३ अषाढ । नेकपा एमाले उपाध्यक्ष तथा पूर्वगृहमन्त्री बामदेव गौतमले पत्रकारमाथि आक्रमण गर्ने अभियुक्तहरुलाई आफूले संरक्षण नगरेको र केही दिनभित्रै कारबाही भएरै छाड्ने बताउनुभएको छ ।
- Recent
- Popular
- Comment
संविधानसभाको चुनाव होला ?
-
क्यालिफोर्निया । एप्पलले बजारमा ल्याउने भनेको आइवाच वर्ष २०१३ को सुरुदेखी नै चर्चामा रहेको ग्याजेट हो । एप्पलको आइवाचले गुगलको चश्माले भन्दा धेरै मिडियामा चर्चा र स्थान पाइरहेको छ । यतिखेर एप्पलको मुख्यालय क्यालिफोनिर्यामा एकसय भन्दा बढी इन्जिनियर यसको विकासमा व्यस्त रहेको समाचारहरु आइरहेको समयमा एक अमेरिकी म्यागेजिन म्याकयुजरले एप्पलले दिएको पेटेन्ट निवेदनका आधारमा आइवाचको डिजाइन र यसले कसरी काम गर्छ भन्ने पत्ता लगाएको छ ।
-
जेबी पुन मगर
केही वर्षयता हङकङलाई चियाएर हेरिरहेका सञ्चारकर्मी डम्बरकृष्ण श्रेष्ठले यहाँका नेपालीका सकारात्मक नकारात्मक पक्षहरूको साङ्गोपाङ्गो वृत्तान्त नेपालको सबैभन्दा बढी प्रभाव छाड्ने म्यागेजिन हिमाल खबरपत्रिकामार्फत् संसारभर छरिरहेका थिए ।
-
काठमाडौं, ३ चैत । बाह्रौँ नेपाल राष्ट्रिय हिन्दी सम्मेलन काठमाडौंमा जारी छ । नेपाल हिन्दी प्रतिष्ठानद्वारा प्रज्ञाभवनमा शुनिवारबाट आयोजना गरिएको सम्मेलनमा हिन्दी भाषा, साहित्यको विकासमा महत्वपूर्ण योगदान पु¥याउने वरिष्ठ हिन्दी साहित्यकारद्वय रामस्वार्थ ठाकुर र डा.शिवशङ्कर यादवलाई जनही नगद रु २५ हजार २५, जानकी मन्दिरको चाँदीको प्रतिमा तथा दोसल्लासहित राजर्षि जनक प्रतिभा पुरस्कार प्रदान गरिने कार्यक्रम छ ।


