धादिङ, २६ जेठ । गैँडाको खाग चोरी निकासी गर्दै गरेको अवस्थामा इलाका प्रहरी कार्यालय गजुरीले बिहीबार दुई जनालाई पक्राउ गरेको छ ।
काठमाडौं, २६ जेठ । संविधानसभा सबैधानिक समिति अन्तर्गतको बिबाद समाधान उपसमितिले आगामी भदौ १ गतेसम्ममा संबिधानको पहिलो मस्यौदा तयार गर्नेमा सहमति जुटाएको छ । सबिधानसभाको म्याद तीन महिना थप गरिए पछि बिहीबार पहिलो पटक बसेको उपसमितिमा दलहरुबिच यस्तो सहमती भएको हो ।
नुवाकोट, २६ जेठ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. रामशरण महतले सुडान घोटला प्रकरणमा पूर्व गृह मन्त्रीहरुको कुनै दोष नरहेको दाबी गर्नुभएको छ ।
काठमाडौं, २६ जेठ । सुचना तथा सञ्चारमन्त्री अग्निप्रसाद सापकोटाले सुडाना घोटालामा अख्तियारले राजनीतिक नेतृत्वलाई उन्मुक्ती दिने गरी प्रहरी कर्मचारीमाथि मात्रै मुद्दा दायर गरेकोमा असन्तुष्टी ब्यक्त गर्नुभएको छ ।
ताप्लेजुङ, २६ जेठ । आफ्ना कार्यकर्ता माथि भएको आक्रमणमा संलग्नहरुलाई पक्राउ गरी कानुनी कारवाही गर्नुपर्ने माग राख्दै एमाले निकट युथफोर्सले बिहीबार ताप्लेजुङ बन्द आब्हान गरेको छ ।
काठमाडौं, २६ जेठ । भारतको गुजरातमा ट्रकको ठक्करबाट बुधबार राती १६ तिर्थयात्रीको मृत्यु भएको छ अहमदाबाद स्थित बागोदरा हाइवेमा तिर्थयात्री भेला भएको स्थानमा तिब्र गतिमा आएको ट्रकले ठक्कर दिदाँ भएको सो घटनामा अन्य २० जना घाइते भएका छन् ।
काठमाडौं, २५ जेठ । राजधानीमा जारी शहिद स्मारक ए डिभिजन लिग फुटवल प्रतियोगिता अन्तर्गत बिहीबार फ्रेन्ड्स क्लव र सरस्वती, मनाङ मस्र्याङदी र बांसवारी तथा नेपाल आर्मी र ब्रिगेड व्वाईज क्लव भिड्दैछन् ।
भक्तपुर, २६ जेठ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले गत चैत १० गतेदेखि सुरु गरेको प्रवेशिका अर्थात् एसएलसी परीक्षाको परीक्षाफल आउँदो असार १४ गतेभित्र प्रकाशित गर्ने भएको छ ।
काठमाण्डौँ, २६ जेठ । सेना समायोजन बिशेष समितिको वैठक बिहिवार वस्दैछ । सिंहदरवारमा अपरान्ह वस्ने वैठकले समायोजनको मोडालिटी, समायोजनमा जाने लडाकुहरुको पद मिलान र संख्याबारे टुंगो लगाउने जनाइएको छ ।
बिर्तामोड, २६ जेठ । झापाको जुरोपानीमा जन्ति लिएर फर्कदै गरेको बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य २० जना घाइते भएका छन् ।
- Recent
- Popular
- Comment
संविधानसभाको चुनाव होला ?
-
क्यालिफोर्निया । एप्पलले बजारमा ल्याउने भनेको आइवाच वर्ष २०१३ को सुरुदेखी नै चर्चामा रहेको ग्याजेट हो । एप्पलको आइवाचले गुगलको चश्माले भन्दा धेरै मिडियामा चर्चा र स्थान पाइरहेको छ । यतिखेर एप्पलको मुख्यालय क्यालिफोनिर्यामा एकसय भन्दा बढी इन्जिनियर यसको विकासमा व्यस्त रहेको समाचारहरु आइरहेको समयमा एक अमेरिकी म्यागेजिन म्याकयुजरले एप्पलले दिएको पेटेन्ट निवेदनका आधारमा आइवाचको डिजाइन र यसले कसरी काम गर्छ भन्ने पत्ता लगाएको छ ।
-
जेबी पुन मगर
केही वर्षयता हङकङलाई चियाएर हेरिरहेका सञ्चारकर्मी डम्बरकृष्ण श्रेष्ठले यहाँका नेपालीका सकारात्मक नकारात्मक पक्षहरूको साङ्गोपाङ्गो वृत्तान्त नेपालको सबैभन्दा बढी प्रभाव छाड्ने म्यागेजिन हिमाल खबरपत्रिकामार्फत् संसारभर छरिरहेका थिए ।
-
काठमाडौं, ३ चैत । बाह्रौँ नेपाल राष्ट्रिय हिन्दी सम्मेलन काठमाडौंमा जारी छ । नेपाल हिन्दी प्रतिष्ठानद्वारा प्रज्ञाभवनमा शुनिवारबाट आयोजना गरिएको सम्मेलनमा हिन्दी भाषा, साहित्यको विकासमा महत्वपूर्ण योगदान पु¥याउने वरिष्ठ हिन्दी साहित्यकारद्वय रामस्वार्थ ठाकुर र डा.शिवशङ्कर यादवलाई जनही नगद रु २५ हजार २५, जानकी मन्दिरको चाँदीको प्रतिमा तथा दोसल्लासहित राजर्षि जनक प्रतिभा पुरस्कार प्रदान गरिने कार्यक्रम छ ।


