धादिङ, ३० भदौं । नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले संविधानका सबै विषयमा सहमति भए संविधानसभा केही समयका लागि पुनःस्थापना हुनसक्ने बताउनुभएको छ ।
काठमाडौं, ३० भदौं । नेपाली कांग्रेसले वर्तमान संवैधानिक रिक्तताबाट मुलुकलाई चाँडो मुक्त गर्न प्रमुख राजनीतिक दलहरुसँग छलफल गर्ने भएको छ । पार्टी सभापति सुशील कोइराला निवास महाराजगन्जमा शनिबार भएको पदाधिकारी तथा राजधानीमा उपलब्ध केन्द्रीय सदस्यहरुको छलफलले गत जेठ २ गते भएको बहु पहिचानयुक्त ११ प्रदेशमा सहमति भए संविधानसभा पुनःस्थापना गर्न सकिने निष्कर्ष निकालेको उपसभापति रामचन्द्र पौडेलले जानकारी दिनुभयो ।
काठमाडौं, २८ भदौ । मौसम पूर्वानुमान महाशाखाले काठमाडौं उपत्यकामा गत २४ घन्टामा अहिलेसम्मकै अत्याधिक वर्षा भएको जनाएको छ ।
भक्तपुर, २८ भदौ । नेपाली काँग्रेसका सभापति सुशील कोइरालाले राष्ट्रिय सहमतिको सरकार गठन भएपछि मात्र लिखित सहमतिमा गरिने बताउनुभएको छ । बिहीबार यहाँ सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले दलहरुबीचको छलफल सकारात्मक भएको र सहमतितर्फ अग्रसर भएको बताउँदै सहमति भए पनि सरकार परिवर्तन नभएसम्म सहमतिमा हस्ताक्षर गरिँदैन भन्नुभयो ।
काठमाडौं, २८ भदौ । विभिन्न राजनीतिक दलसम्बद्ध आठ महिला सङ्घले सरकारले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि तत्काल फिर्ता लिन माग गरेका छन् ।
काठमाडौं, २८ भदौ । यही भदौ १८ देखि २५ गतेसम्म मलेसियामा सम्पन्न आइसिसी विश्व क्रिकेट लिग डिभिजन ४ मा जित हात पार्दै डिभिजन ३ मा प्रवेश गर्न सफल खेलाडी सम्मानित भएका छन् । विजेता खेलाडीलाई आज एनेकपा माओवादीको केन्द्रीय कार्यालय, पेरिसडाँडामा आयोजित कार्यक्रममा सो पार्टीका अध्यक्ष पुष्पकमल दाहालले सम्मानपत्र, दोसल्ला, अबिर र माला लगाएर सम्मान गर्नुभएको हो ।
कावासोती, २८ भदौ । नवलपरासीको मुकुन्दपुरबाट ललाइफकाई एक युवतीलाई भारत लैजाँदै गरेको अवस्थामा स्थानीयवासीले उद्धार गरी संलग्नलाई इलाका प्रहरी कार्यालय गैँडाकोट बुझाएका छन् ।
बागलुङ, २८ भदौं । बागलुङको राजकुत गाविसमा रहेको उपस्वास्थ्य चौकीमा स्थानीयवासीले अनिश्चितकालीन तालाबन्दी गरेका छन् ।
काठमाडौं, २८ भदौं । प्रथम गणतन्त्रवादी नेता रामराजाप्रसाद सिंहको निधनमा राष्ट्रिय शोक मनाउन मुलुकभरका सरकारी कार्यालय, विदेशस्थित नेपाली राजदूतावास र नियोगहरूमा बिहीबार राष्ट्रिय झण्डा आधा झुकाइएको छ । मन्त्रीपरिषद्को बुधबार बसेको बैठकले स्वर्गीय नेता सिंहको उच्च सम्मान गर्दै राष्ट्रिय शोक मनाउँन आधा झण्डा झुकाउँने निर्णय गरेको थियो ।
नेपालगञ्ज, २८ भदौं । नेकपा एमालेका अध्यक्ष वामदेव गौतमले एकल जातीयताका आधारमा कुनै पनि हालतमा सङ्घीय राज्य निर्माण हुन नसक्ने बताउनुभएको छ । प्रेस चौतारी बाँकेद्वारा बिहीबार नेपालगञ्जमा आयोजित पत्रकारसम्मेलनमा उपाध्यक्ष गौतमले बहुभाषिक, बुहुजातीय र बहुधार्मिक संस्कृतिको हाम्रो मुलुकमा एकल जातीय राज्य निर्माण गर्नु भनेको आफूले खनेको खाल्डोमा आपैm पर्नु भएको टिप्पणी गर्नुभयो ।
- Recent
- Popular
- Comment
संविधानसभाको चुनाव होला ?
-
क्यालिफोर्निया । एप्पलले बजारमा ल्याउने भनेको आइवाच वर्ष २०१३ को सुरुदेखी नै चर्चामा रहेको ग्याजेट हो । एप्पलको आइवाचले गुगलको चश्माले भन्दा धेरै मिडियामा चर्चा र स्थान पाइरहेको छ । यतिखेर एप्पलको मुख्यालय क्यालिफोनिर्यामा एकसय भन्दा बढी इन्जिनियर यसको विकासमा व्यस्त रहेको समाचारहरु आइरहेको समयमा एक अमेरिकी म्यागेजिन म्याकयुजरले एप्पलले दिएको पेटेन्ट निवेदनका आधारमा आइवाचको डिजाइन र यसले कसरी काम गर्छ भन्ने पत्ता लगाएको छ ।
-
जेबी पुन मगर
केही वर्षयता हङकङलाई चियाएर हेरिरहेका सञ्चारकर्मी डम्बरकृष्ण श्रेष्ठले यहाँका नेपालीका सकारात्मक नकारात्मक पक्षहरूको साङ्गोपाङ्गो वृत्तान्त नेपालको सबैभन्दा बढी प्रभाव छाड्ने म्यागेजिन हिमाल खबरपत्रिकामार्फत् संसारभर छरिरहेका थिए ।
-
काठमाडौं, ३ चैत । बाह्रौँ नेपाल राष्ट्रिय हिन्दी सम्मेलन काठमाडौंमा जारी छ । नेपाल हिन्दी प्रतिष्ठानद्वारा प्रज्ञाभवनमा शुनिवारबाट आयोजना गरिएको सम्मेलनमा हिन्दी भाषा, साहित्यको विकासमा महत्वपूर्ण योगदान पु¥याउने वरिष्ठ हिन्दी साहित्यकारद्वय रामस्वार्थ ठाकुर र डा.शिवशङ्कर यादवलाई जनही नगद रु २५ हजार २५, जानकी मन्दिरको चाँदीको प्रतिमा तथा दोसल्लासहित राजर्षि जनक प्रतिभा पुरस्कार प्रदान गरिने कार्यक्रम छ ।


